
ललितपुर । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । उनले मंगलबार काठमाडौँ उपत्यका जेनजीले गरेको प्रदर्शनका क्रममा क्षतिग्रस्त ट्राफिक प्रहरी कार्यालयको निरीक्षण उच्च मनोबल राखेर पुन काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका हुन् ।
कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री अर्याललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलगायतले गत भदौ २३ र २४ गते भएको ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक पोसाक र साधनसमेत जलेर नष्टट्राफिक प्रहरी कार्यालयको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए ।
यस्तै, गृहमन्त्री अर्यालले आन्दोलनका क्रममा पूर्ण रुपमा क्षतिग्रस्त ट्राफिक प्रहरीका भवनहरु पुनःनिर्माण कार्यमा अन्तरिम सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
आन्दोलनले उग्ररुप लिएपछि देशका महत्वपूर्ण कार्यालयहरु जलेर नष्ट भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया