२०८२ भाद्र ३१
714 views

ललितपुर । जेनजी प्रदर्शन पछिको मानव अधिकारको अवस्थाको अनुगमन गरिरहेको राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीले मंगलबार प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेको छ ।
आयोगले नेपाली सेनाको संरक्षणमा रहेकाहरूसँग सम्पर्कमा रही उनीहरूको सुरक्षा र स्वास्थ्य अवस्थाको सम्बन्धमा जानकारी लिइरहेको छ ।
साथै, आयोगले जेनजी प्रतिनिधिहरू, मृतकका परिवार, घटनाका घाइते, घटनाका अन्य प्रभावितहरू तथा बालबालिकाहरूसँग निरन्तर भेटघाट गरिरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया