२०८२ आश्विन १
4.7k views

ललितपुर । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । पछिल्ला केही दिनदेखि बढ्दै एतिहासिक उचाइमा पुगेको सुनचाँदीको मूल्य असोज १ गते भने घटेको हो ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य आज पनि घटेको छ। बुधबार चाँदी तोलामा ४५ रुपैयाँले घटेको छ । आज बजारमा चाँदी दुई हजार ५५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी २ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको सो मूल्य पनि हाल सम्मकै उच्च हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया