२०८२ आश्विन १६ | Oct 02, 2025

तमलोपाले भोली कालो दिन मनाउने

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २
|
663 views

जनकपुरधाम । तराई–मधेश लोकतान्त्रिक पार्टीले असोज ३ गते संविधान दिवसको दिनलाई कालो दिन मनाउने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । संविधानको घोषणा भएपछि तत्काल सीमांकन, पहिचान, समावेशिता, आदिको सम्वोधन नगरिएको भन्दै तत्काल संविधान संशोधनको माग गर्दै भएको आन्दोलनमा निहत्था शान्तिपूर्ण आन्दोलनकारीमाथि गरिएको बर्बर दमन र हत्याको बिरोधमा र शहीदहरुलाई श्रद्धांजली दिन कालो दिन मनाउने निर्णय भएको तमलोपाको नेता बिभा ठाकुरले बताइन् ।

जनकपुरको जनकचौकमा तमलोपाले शहीदहरुलाई श्रद्धांजली दिने कार्यक्रम रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया