२०८२ आश्विन २
561 views

ललितपुर । गत भदौ १६ देखि १९ गतेसम्म सर्वसाधारणका लागि आवेदन खुलेको बुङ्गल हाइड्रोपावरको आईपीओ आज बाँडफाँट भएको छ ।
विहीबार बिहान बिक्री प्रवन्धक हिमालयन क्यापिटलले एक कार्यक्रमका बीच सेयर बाँडफाँट गरेको हो । उक्त आईपीओमा कुल २१ लाख ७५ हजार ८८८ जनाले आवेदन दिएका थिए । जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएका थिए भने २१ लाख ४३ हजार २५० आवेदन स्वीकृत भएका थिए ।
जसमध्ये कुल १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी १९ लाख ७३ हजार १ सय आवेदकको हात रित्तो भएको छ ।
आईपीओको नतिजा अनलाइन प्रणाली आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिनेछ ।
स्वीकृत आवेदनमध्ये सेयर पाउने जम्मा ७.९ प्रतिशत मात्रै हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया