२०८२ आश्विन १६ | Oct 02, 2025

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २
|
714 views

ललितपुर । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ ।

वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रिपूर्ण सम्बन्धको स्मरण गर्दै नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा समेत भारतीय प्रधानमन्त्री मोदीलाई जानकारी गराएकी थिइन् ।

यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिएका छन् । टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री मोदीले असल छिमेकीका नाताले आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने बताएका थिए ।

आज भएको छिमेकी दुई देशका सरकार प्रमुखहरूबीच भएको टेलिफोन वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासोलगायत विविध विषयमा कुराकानी भएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया