२०८२ आश्विन ३
6.5k views

ललितपुर। नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । लगातार दुई दिन घटेको सुनको मूल्य आज भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ८ सय रुपैयाँले बढ्दै २ लाख १६ हजार कायम भएको हो ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ५२० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार तोलाको २ हजार ५ सय ८० कायम भएको महासङ्घको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया