२०८२ आश्विन १६ | Oct 02, 2025

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजित बजेट पुनरावलोकन गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ३
|
867 views

ललितपुर । बजेट पुनरावलोकनको लागि बागमती प्रदेश सरकारको शुक्रबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजित बजेट पुनरावलोकन गर्ने निर्णय गरेको छ ।


सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बजेट पुनरावलोकन गर्नुपर्ने भएकाले अध्ययनको लागि मन्त्रिपरिषद्ले स्वीकृति दिएको जानकारी दिएका छन् ।


निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको सरकारले ल्याएको ६७ अर्ब ४७ करोडको बजेट सुरुवातदेखि नै विवादित बनेको थियो ।


वर्तमान स्थितिको विषम परिस्थितिमा बजेटको पनि अभाव हुने देखिएको, प्रदेश भरको प्रशासनिक पुर्नसंरचनाको लागि थप आर्थिक भार पर्ने भएको हुनाले बजेटको पुनरवालोकन गर्नुपर्ने भएको मन्त्री तामाङले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया