
ललितपुर । गायक तथा सङ्गीतकार चेतन राईको पाँचौँ गीति सङ्ग्रह ‘स्पिड ’ र ‘हाँसिदेउन’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रममा वरिष्ठ सङ्गीतकार राजु सिंह प्रसिद्ध गीतकार लोकराज अधिकारी प्रसिद्ध सङ्गीतकार सन्तोष श्रेष्ठ लगायतले गीति सङ्ग्रहको सामूहिक विमोचन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सङ्गीतकार सिंहले चेतनमा बहुमुखी प्रतिभा रहेको र आगामी दिन अझै सुन्दर देखेको बताएका थिए ।

त्यसै गरी गीतकार अधिकारीले तीन दशक अघि देखि चेतन सङ्गका भेटका प्रसङ्ग निकाल्दै त्यति बेला देखि नै चेतन लेखन, सङ्गीत र गायनमा सक्रिय देखेको बताउँदै अहिले दुई गीतमा सहकार्य भएको बताएका थिए ।
सङ्गीतकार श्रेष्ठले पनि डेढ दशक देखि आफूले चेतनलाई चिनेको तर कर्म गरिरहने बाहिर देखाउन नचाहने स्वभावका कुशल सङ्गीतकर्मी भएको बताए । गायक तथा सङ्गीतकार राईले आफ्ना विगत सम्झँदै सङ्गीतमा निरन्तर लागिरहेको बताएका थिए ।
आज सार्वजनिक भएको भिडियोमा सुजन सुवेदी, ज्योति खड्काको अभिनय रहेको छ । गायक तथा सङ्गीतकार राई आफैले निर्देशन गरेको भिडियोलाई सविन तिमल्सिनाले खिचेका हुन् । सम्पादन र रङ संयोजन राज धामीले गरेका हुन् ।
गीतका शब्द प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका हुन । सङ्गीत संयोजन सबिर कार्कीले गरेका हुन् । कार्यक्रममा अतिथि सञ्चारकर्मी र गीत सँग जोडिएकाहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया