२०८२ आश्विन १६ | Oct 02, 2025

नेपाली खेलाडीले पाए यूएईको भिसा, नेपालबाट सोमबार जाने

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ५
|
1.5k views

ललितपुर । यही असोज ११, १३ र १४ गते यूएईमा हुने नेपाल र वेष्टइन्डिजबिचको खेलका लागि नेपाली खेलाडीले भिसा पाएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार एक विज्ञप्ति जारी गर्दै युएईका लागि नेपाली खेलाडीले भिसा पाएको जानकारी गराएको हो।

नेपाली क्रिकेट टिम भोली (सोमबार) यूएईका लागि जाने क्यानले जनाएको छ। यूएईमा हुने तीन दिने खेलका लागि क्यानले बिहीबार नै नेपाली टोलीको बिदाइ गरिसकेको थियो।

वेष्टइन्डिजसँग खेल्ने नेपाली टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, विकेटकिपर आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, सन्दीप लामिछाने, कुशल मल्ल, आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी,नन्दन यादव, गुल्सन झा, ललित नारायण राजवंशी, सोमपाल कामी र साहब आलम रहेका छन् ।

यसैगरी नेपालसँग सिरिज खेल्ने वेस्टइन्डिजको टोलीमा कप्तान अकील होसिन, फाबियन एलन, ज्वेल एन्ड्र्यु, अकीम अगस्टे, नविन बिडाइसी, जेडियाह ब्लेड्स, केसी कार्टी, करिमा गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याक्कॉय, जिशान मोटारा, रामोन सिमोन्ड्स र शमार स्प्रिङ्गर रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया