२०८२ आश्विन ६
7k views

ललितपुर । नेपाली बजारमा आज सुनको मूल्य बढेर हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । सोमबार छापावाला तोलामा सात सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा खरिद बिक्री भइरहेको छ । आइतबार प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला रू दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया