२०८२ आश्विन ७
1.2k views

ललितपुर । प्रि ओपन सेसनमा नेप्से परिसूचक साँढे ७ अंकले वृद्धि भएको छ। साताको दोस्रो कारोबारका दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.५३ अंकले बढेर २६३१.१५ विन्दुमा पुगेको छ।
साताको पहिलो कारोबार दिन आइतबार पनि नेप्से परिसूचक १११ अंकले बढेको थियो। सो दिन ९ अर्ब माथिको सेयर कारोबार भएको थियो।
सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन।
आज भने प्रि ओपन सेसनमा ४७ स्टकको ७८ पटकको कारोबारमा ३३ लाख १३ हजार ४२६ रुपैयाँबराबरको ७ हजार ३९६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३१ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया