२०८२ आश्विन १६ | Oct 02, 2025

आन्तरिक राजस्व कार्यालयको सेवा वाणिज्य सङ्घको कार्यालयबाट

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ७
|
1.3k views

दाङ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले आफ्नो सेवा आजदेखि सुरु गरेको छ ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घको कार्यालयबाट सेवा सुरु गरेको हो । सेवाग्राहीको अवस्थालाई मध्यनजर गरी हाललाई करदाता सेवा र राजस्वसम्बन्धी सेवा सञ्चालन गरेको कार्यालयका प्रमुख कर अधिकृत श्रीधर टण्डनले जानकारी दिनुभयो । सो कार्यालय अन्तर्गत दाङ, पूर्वी रुकुम, प्यूठान, रोल्पालगायत जिल्लाका गरी  ३५ हजार बढी करदाताहरु छन् । जेनजी प्रदर्शनका क्रममा कार्यालयका दुईवटा भवन र निवास पूर्ण रुपमा क्षतिग्रस्त छन् ।

दुई गाडी, कार्यालयभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । भवनमा बस्न नमिल्ने भनि प्राविधिक टोलीले सुझाव दिएको कार्यालय प्रमुख टण्डनले बताए। तत्कालका लागि तुलसीपुर उद्योग वाणिज्य सङ्घले निःशुल्क उपलब्ध गराएको कार्यालयबाट सेवा सुरु गरिएता पनि केही समयपछि भाडाको घरबाट सेवा दिनुपर्ने अवस्था रहेको प्रमुख कर अधिकृत टण्डन बताएका छन्। जिल्लाका धेरै सरकारी कार्यालयले अझै सेवा सुरु गर्न सकेका छैन् । केही कार्यालयले पाल टाँगेर सेवा सञ्चालन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया