२०८२ आश्विन १६ | Oct 02, 2025

पुनः कारागार फर्किए रायमाझी

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ७
|
1.3k views

ललितपुर । निलम्बित सांसद टोपबहादुर रायमाझी पुनः कारागार फर्किएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझी भदौ २४ मा कारागारबाट भागेका थिए । रायमाझी आज पुनः कारागार फर्किएको डिल्लीबजार कारागार स्रोतले जानकारी दिएको छ।

भदौ २४ को आन्दोलनका क्रममा सुन्धारास्थित कारागारबाट भागेका रायमाझी दुई सातापछि सुन्धारा कारागार फर्किएका हुन्।

हालसम्म सुन्धारा कारागारबाट भागेको ३३ सय कैदी बन्दीहरुमध्ये १ हजार फर्किएका छन् भने अझै २३ सय फरार रहेको कारागार स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया