
टेक्सस, अमेरिका । घटस्थापना सँगै नेपालीहरूको महान् चाड बडा दशै घरमा भित्री सकेको छ । नेपालको सङ्घीय राजधानी काठमाडौँ बाट दशै मनाउन गाउँ जानेहरूको लर्को सुरु भइसकेको छ भने छिमेकी मुलुक भारत सँगै अन्य देशबाट छुट्टीमा घर आउनेहरू पनि बिस्तारै नेपाल आउँदै आउदैछन् । यस्तैमा नेपाली समय अनुसार आज बिहानको फ्लाइट मार्फत अमेरिकाको टेक्सस निवासी सम्चारकर्मी लेखनाथ गौतम पनि नेपाल हिँडिसकेका छन् उनी बुधवार बिहान करिब दश बजे नेपाल उत्रने जनाकारी दिएका छन् । विदेशमा बस्ने नेपालीहरूलाई तिज , दशै ,तिहार जस्ता पर्व नजिकिँदै गर्दा कस्तो अनुभूति हुन्छ त ? अमेरिकाको टेक्सस निवासी समाजसेवी तथा कला कर्ममा रुचि भएकी एक नेपाली सरला खरेल पन्तको अनुभव र शुभकामनाका शब्द हरू
गत २२ वर्षदेखि संयुक्त राज्य अमेरिकामा बस्दै आउँदा, दशैजस्ता महान् चाडको माहौल सधैँ याद आउँछ। आफ्नै गाउँघर, आफन्त र छिमेकीसँग मनाउने रमाइलो, परिवार बिचको आत्मीयता र संस्कृतिको गहिरो स्वादलाई यहाँ पनि खोजिरहन्छु। धेरै नेपालीहरू जस्तै मलाई पनि यो चाडले नेपालप्रतिको मोहलाई अझ बलियो बनाइरहेको हुन्छ।
तर विदेशमा रहेर पनि हामी नेपालीहरूले आपसमा मिलेर दशैँको वातावरण सिर्जना गर्ने गरेका छौँ। म पनि यहाँका विभिन्न नेपाली संस्था तथा सङ्गठनहरू एनआरएनए ,ड्यालस एभरेस्ट वुमेन्स लायन्स क्लब र ब्लड डोनर्स एसोसिएसन अफ अमेरिका टेक्सस सँग आबद्ध भएर कार्यक्रमहरू आयोजना गर्दै आएको छु, र अरूले आयोजना गरेका कार्यक्रममा पनि सक्रिय सहभागिता जनाउने गरेको छु। यसरी हामीले जहाँ भए पनि आफ्नो संस्कृतिलाई जोगाइराख्ने, नयाँ पुस्तालाई देखाउने र समुदायलाई जोड्ने अवसर पाएका छौँ।
यो वर्ष पनि हिन्दुहरूको महान् चाड बडा दशैँ २०८२ हामीले अमेरिकामै भव्य र सभ्य रूपमा मनाउने तयारीमा छौं ।विगतमा पनि टिका, जमरा, आशीर्वाद र भेटघाटमार्फत दशैले ल्याउने आत्मीयता यहाँ पनि अनुभव गर्न पाएका छौँ।
यस अवसरमा, सबै नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु। देवी दुर्गा भवानीले हामी सबैमा सुख, शान्ति र समृद्धि प्रदान गरून्। हाम्रो संस्कृति र परम्परा जहाँ भए पनि निरन्तर रहोस् भन्ने कामना गर्दछु।
सरला खरेल पन्त (सरु)
पन्त र खरेल परिवार
संयुक्त राज्य अमेरिका

फेसबुकबाट तपाईको प्रतिक्रिया