२०८२ फाल्गुन ६ | Feb 18, 2026

चलचित्रका महानायक राजेश हमाल अन्तरिम सरकारका परराष्ट्र मन्त्रीको रुपमा चर्चामा

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ७
|
2.6k views

ललितपुर । यतिबेला नेपाली चलचित्रका महानायक राजेश हमालको नाम अन्तरिम सरकारका परराष्ट्र मन्त्रीको रुपमा चर्चामा छ । हमाल पूर्व राजदूत चुडाबहादुर हमालका छोरा हुन् ।

उनलाई जेनजी पुस्ताले समेत परराष्ट्र मन्त्रीका रुपमा हेर्न चाहेको चर्चाका बीच उनि एक कार्यक्रमका लागि यतिबेला अष्ट्रेलियामा छन् ।
हमाललाई सुशीला कार्की नेतृत्वको सरकारमा लैजानका लागि पहल सुरू भएको र सरकारनिकटहरूले उनलाई अनौपचारिकरूपमा प्रस्ताव समेत पठाएको खवर सार्वजनिक भएको छ । ६१ वर्षीय हमालले भारतको पञ्जाव विश्वविद्यालयबाट अंग्रजी साहित्यमा एमए (गोल्ड मेडलिस्ट) उत्तीर्ण गरेका छन् ।


जेनजी आन्दोलन भएकै दिन गत भदौ २३ मा उनी प्रस्थान गरेका हमालले फेसबुकमा लेखेका थिए, ‘हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविष्य मात्र दिन असफल भएका छैनौं, उनीहरूको वर्तमानसमेत खोसिरहेका छौं ।

नेपाली भएकोमा यती लाज महसुस मैले कहिले गरेको थिइनँ । आजको दिन नेपालको इतिहासमा सबैभन्दा पीडादायी दिन बनेको छ ।’ कार्की नेतृत्वको सरकारमा ११ मन्त्रीले मन्त्रालय सम्हाल्ने भएका छन् । जस्मा अहिले सम्म ७ मन्त्री मात्र नियुक्त भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया