२०८२ आश्विन ८
1.1k views

ललितपुर । नेपाल राष्ट्र बैंकले आज फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्न लागेको छ । वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएपछि भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि पैसा खिच्न लागेको हो। यसका लागि बुधबार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
यो ४ दिने निक्षेप संकलन उपकरणको असोज १२ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया