
ललितपुर । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४.३५ विन्दुमा अडिएको छ। बुधबार ३१७ स्क्रिप्सको ९४ लाख ८ हजार ६६३ कित्ता सेयर ४ अर्ब १२ करोड ४८ लाख २१ हजार ८६३ रुपैयाँमा कारोबार भयो।
नेप्से दोहोरो अंकले घटे पनि तीन कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। माथिल्लो मैलुन खोला जलविद्युत, सिटी होटल र हिम स्टार उर्जाको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
यस्तै, आज कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २२ करोड १३ लाख ८६ हजार ८४१ मूल्यको सेयर कारोबार भयो। यसैगरी नेपाल रिन्स्योरेन्सले १७ करोडको कारोबार गर्दा हिमालयन रिइन्स्योरेन्सको १३ करोड,सीईडीबी होल्डिंक्सको १२ करोड र शिवम् सिमेन्टको ११ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
बुधबार कारोबार भएकामध्ये ५३ वटा स्टक्सको मूल्य बढ्दा १९३ वटाको घट्यो। बाँकी ५ स्टक्सको मूल्य भने स्थिर रह्यो।
फेसबुकबाट तपाईको प्रतिक्रिया