२०८२ आश्विन ९
3.1k views

ललितपुर । ललितपुर महानगरपालिका वडा नं ४ कार्यालयको आयोजनामा आज देखि जावलाखेलमा तिन दिने दशैं विशेष हाट बजार सुरु भएको छ ।
उक्त ११ गते सम्म चल्ने हाट बजारको मुख्य उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन तथा साना उद्यमीलाई बजार पहुँच उपलब्ध गराउने तथा स्वदेशी उत्पादन र स्वदेशमा स्वरोजगारमा टेवा पन्याउनु रहेको वडा कार्यालयले जनाएको छ ।
हाट बजारमा विविध प्रकारका कृषि उपज घरेलु हस्तकलाका सामग्री र स्थानीय परिकारहरू समावेश छन् ।
हाट बजार वडा कार्यालय अगाडी रहेको जावलाखेल चोकमा दिउसो १ बजे देखि बेलुकी ७ बजे सम्म सञ्चालन हुने वडा अध्यक्ष सन्तोष खड्काले जानकारी दिएका छन् ।
यस्तै जावलाखेलमा नवदुर्गा पूजा पनि भैरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया