२०८२ आश्विन ९
969 views

ललितपुर । पुँजी बजार सुधार सुझाव कार्यदलले हाल सेयर धितोमा लगाइएको २५ करोडको सीमा हटाउन सुझाव दिएको छ ।
अर्थमन्त्री रामेश्वर खनाललाई बुझाएको अध्ययन प्रतिवेदनमा “बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा २५ करोडलाई हटाउने,” भनिएको छ ।
धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसी संयोजक रहनेगरी कार्यदल गठन गरिएको थियो ।
यो कार्यदलले आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रकृयागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना पाँच दिनभित्र मन्त्री खनालसमक्ष पेस गर्न भनिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया