२०८२ आश्विन ९
969 views

ललितपुर। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले अनलाइन सञ्चारमाध्यम अब सूचना विभागबाटै दर्ता गर्न सकिने जानकारी दिएका छन् ।
उनले अब अनलाइन दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयबाट गर्नुपर्ने नपर्ने र सूचना विभागबाटै गर्न सकिने बताएका हुन् । ओली नेतृत्वको अघिल्लो सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ को व्यवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयबाट अनलाइन दर्ता हुने व्यवस्था गरेको थियो । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया