२०८२ आश्विन १६ | Oct 02, 2025

गाडी खरिद गर्दा लिइने ऋणको सीमा बढाइयो -पुस मसान्तसम्म कर्जा पुनर्तालीकीकरण तथा पुनर्संरचनाको सुविधा

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १०
|
1.2k views

ललितपुर । नेपाल राष्ट्र बैंकले गाडी खरिद गर्दा लिइने ऋणको सीमा बढाएको छ । जेन जी आन्दोलनबाट प्रभावित र क्षति भएका उद्योग तथा व्यवसायिक प्रतिष्ठानमा व्यवसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ६० बाट बढाएर ८० प्रतिशतसम्म कायम गरिएको हो ।


नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरीको एकीकृत निर्देशन २०८१ मा संंशोधन गर्दै यो व्यवस्था गरेको जानकारी गराएको छ ।

यस्तै क्षति भएका उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा ऋणीले पुस मसान्तसम्म कर्जा पुनर्तालीकीकरण तथा पुनर्संरचनाको सुविधा पाउने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया