२०८२ आश्विन १६ | Oct 02, 2025

बिमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १०
|
1.1k views

ललितपुर । सूर्यप्रसाद सिलवाको उमेर विवादमा छानबिन उनको ठाउँमा मदन दाहाल त्यस पछि शरद ओझाको नियुक्ति र बर्खास्ती सेवन्तक पोखरेलको जिम्मेवारी हुदै अहिले बिमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार नेपाल सरकारका सहसचिव शर्मा प्राधिकरणको अध्यक्ष भएका हुन् ।
नवनियुक्त अध्यक्ष शर्माले शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसँग शपथ लिएका छन् ।

शर्मा आन्तरिक राजश्व विभागका उपमहानिर्देशक थिए। उनी यसअघि ठुला करदाता कार्यालयको प्रमुख कर प्रशासन समेत थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया