२०८२ आश्विन १६ | Oct 02, 2025

अनियमितताको आरोपमा छानबिन समिति गठन

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १३
|
459 views


ललितपुर । सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख मेकानिकल इन्जिनियर रोशनकुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई अनियमितताको आरोपमा जिम्मेवारीबाट हटाउँदै छानबिन समिति गठन गरिएको छ ।

सेवाग्राहीसँग घूस माग्ने, मोलमोलाहिजा, अनावश्यक दुःख हैरानी दिएको विषयमा उनीहरु विरुद्ध उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार जिम्मेवारीबाट हटाएको हो ।

कार्यालय प्रमुख र लेखापालको मिलेमतोमा कार्यालयमा अनियमिता भइरहेको प्रमाणसहितको गुनासो सेवाग्राहीबाट भौतिक पूर्वाधार तथा यातायातकमन्त्री कुलमान घिसिङसमक्ष गुनासो प्राप्त भएको थियो । त्यसलगत्तै मन्त्री घिसिङले तत्कालै दुवै जनालाई जिम्मबारीबाट हटाउन र छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए ।

मन्त्री घिसिङले उक्त कार्यालयमा भइरहेको अनियमितता र त्यसमा सङ्लग्न कार्यालय प्रमुख, लेखापाल एवम् अन्य कर्मचारीमाथि छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका छन् । छानबिन समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ । समितिले आरोपित तथा अन्य कर्मचारीसँग बयान लिने, सेवाग्राहीसँग बुझ्ने, गरिएका निर्णयका कागजात अध्ययनरअनुसन्धान गर्ने, कारबाहीका लागि सिफारिस गर्नेलगायतका कार्यदेश दिइएको छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया