२०८२ आश्विन १६ | Oct 02, 2025

रामेछाप–लुक्ला हवाई उडान सुरु

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १४
|
816 views

मन्थली (रामेछाप) रामेछाप–लुक्ला हवाई उडान सुरु भएको छ । शरद ऋतुमा समगरमाथा आरोहण र आधार शिविर जाने पर्यटकहरुका लागि लक्षित हवाई उडान सुरु गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विभिन्न कम्पनीहरुले काठमाडौँबाट सडकमार्ग हुँदै मन्थलीसम्म पर्यटक ल्याउने र यहाँबाट हवाई उडानमार्फत लुक्ला लैजाने गरेका छन् । विमानस्थलबाट सीता, तारा र समिटलगायतका कम्पनीले सेवा दिँदै आएका छन् । मौसम अनुकुल भएको समयमा दैनिक ५० देखि ६५ वटासम्म उडान भइरहेको नागरिक उडययन प्राधिकरण रामेछापका सूचना अधिकारी प्रज्वल गुँरागाईले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया