२०८२ आश्विन १६ | Oct 02, 2025

निर्धारितभन्दा बढी भाडादर असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १५
|
561 views

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले स्वीकृत एवम् कानुनको प्रतिकूल हुनेगरी निर्धारितभन्दा बढी भाडादर असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन् ।

चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी गरेकोलगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानुन विपरीतका त्यस्ता क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरेका छन् । उनले यातायात व्यवसायीबाट त्यस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय सुरक्षा निकाय र प्रशासनलाई खबर गर्न पनि आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया