२०८२ आश्विन १६ | Oct 02, 2025

कुमारीलाई तलेजुको दर्शन गराइयो

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १६
|
357 views

ललितपुर । नयाँ कुमारी आर्यतारालाई हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ । तलेजुको दर्शनबाट जीवित देवी कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वास छ ।

वसन्तपुरस्थित कुमारीघरबाट भैरव, गणेशको यात्रासहित कुमारीलाई तलेजु पुर्याइएको कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिएका छन् । तान्त्रिक रूपमा दीक्षित पुजारीले कुमारीलाई तलेजु भवानीको दर्शन गराएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया