२०८२ आश्विन १९ | Oct 05, 2025

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार व्यक्ति पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १९
|
306 views


ललितपुर । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणका फरार रहेका दाङको तुलसीपुर उपमहानगरपालिका–१६ प्रतिवादी सन्देश शर्मालाई पक्राउ गरेको छ ।

निजलाई ललितपुरबाट पक्राउ गरी कारागार पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन् । फरार व्यक्ति गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेर फरार रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया