२०८२ आश्विन २० | Oct 06, 2025

वायुसेवा निगमले सोमबार भैरहवाबाट उद्दार उडान सञ्चालन गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १९
|
765 views

ललितपुर रुपन्देहीको भैरहवामा अलपत्र यात्रुको चार्टर्ड उडानमार्फत काठमाडौँ ल्याइने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमानमार्फत भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई काठमाडौँ ल्याइने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले जानकारी दिनुभयो । दुई दिनसम्मको अविरल वर्षापछि भैरहवा आसपासमा अलपत्र परेका यात्रुलाई चार्टर्ड विमानमार्फत काठमाडौँ ल्याइने भएको हो । वायुसेवा निगमले पनि आजै प्रेस विज्ञप्ति जारी गरी सरकारको विशेष निर्देशनबमोजिम भोलि असोज २० गते उद्धार उडान गरिने जनाएको छ । ‘ए’ ३२० विमानमार्फत काठमाडौँ–भैरहवा–काठमाडौँ उडान हनेछ । ‘आरए’ १७३१ उडानमार्फत दिउँसो १ बजे भैरहवा जाने र उताबाट ‘आरए’ १७३२ उडानमार्फत दिउँसो २ः४५ बजे काठमाडौँ फर्किने निगमले जनाएको छ । त्यसका लागि काठमाडौँबाट रु पाँच हजार र भैरहवाबाट रु सात हजार तोकिएको छ । उद्धार उडानमा अशक्त ज्येष्ठ नागरिक, बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने जनाइएको छ । अनलाइन प्रणाली र निगमको कार्यालय वा आधिकारिक एजेन्सीमार्फत टिकट लिन सकिने निगमले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया