चुनावबाटै मात्रै संविधान र व्यवस्थाको रक्षा गर्नसक्ने माओवादी निष्कर्ष

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २०
|
1.1k views

ललितपुर - ललितपुर । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताएका छन्। सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्वाचनको पक्षमा माहौल बनाउनको लागि आफूहरूले सबै राजनीतिक दलहरूसँग कुराकानी गरिरहेको बताए।


माओवादी केन्द्रले चुनावबाटै मात्रै संविधान र व्यवस्थाको रक्षा गर्नसक्ने निष्कर्ष निकालेको छ । माओवादीले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई निर्वाचनमा सहभागी हुन आह्वान गरेको छ ।

बैठकमा प्रचण्डले समाजवादी मोर्चा विस्तार र विचार मिल्नेहरूसँग एकताको लागि सकारात्मक छलफल भइरहेको ब्रिफिङ गरेका थिए । बैठकले विपद्पछिको पुनर्निर्माण एक भएर जुट्न आह्वान गरेको छ ।

बैठकबारे जानकारी दिदै नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले कार्यविधि बनेपछि महाधिवेशन मिति तोक्ने बताए । हालै बसेको केन्द्रीय समिति बैठकले माओवादीले मंसिरको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube