२०८२ फाल्गुन ६ | Feb 18, 2026

राजेश हमालका नाममा प्रचण्ड समर्थकको फेक प्रोपोगाण्डा

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २३
|
3.4k views

ललितपुर । चार घण्टा अगाडी देखि  राजेश हमालको टिप्पणी  भनेर नेपाल न्युज नामक फेसबुक पेजले पोष्ट गरेको एउटा पोष्टलाई भाइरल बनाउने कोसिस गरिएको छ । एउटै विषयको पोष्ट लगातार चार पटक पोष्ट गरिएको छ ।  यो खबर तयार पार्दा सम्म पहिलो पटक गरिएको उक्त पोष्ट सबै गरेर झण्डै ११ सय शेयर भएको छ  भने १४०० लाइक तथा सबै गरी करिब ४०० कमेन्ट आएको छ । 

पोष्टमा भनिएको छ राजेश हमालको टिप्पणी :  वर्तमान परिस्थितिलाई पार लाउन प्रचण्डको नेतृत्व आवश्यक !सुप्रसिद्ध अभिनेता राजेश हमालले वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले भनेका छन्, “वर्तमान परिस्थितिलाई पार लगाउन प्रचण्डको बहिर्गमन होइन  प्रचण्डको नेतृत्व आवश्यक छ। अहिलेको जेन्जी आन्दोलन पछि  देश स्टेट फेलियरतर्फ धकेलिन सक्ने भन्दै यो सरकार डमी जस्तो मात्र भएको टिप्पणी गरेका छन् । 

यही पोष्टलाई विश्वास गरेर गीतकार राजेन्द्र थापाले शेयर गर्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजदूत नबनाएका कारण राजेश हमाल बिच्किएको आशय सहितको टिप्पणी गरेका छन् । 

तर राजेश हमालले उक्त टिप्पणी कहाँ र कुन सन्दर्भमा भनेका हुन कतै खुलाइएको छैन । कुनै सञ्चार माध्यममा उनको अभिव्यक्ति भनेर सार्वजनिक भएको छैन ।  हमालका अति निकट एक कलाकार तथा निर्देशकले यो सबै हावादारी कुरा भएको जानकारी दिएका छन् । उनले भने यो सबै शतप्रतिशत गलत कुरा हो ।

यो पोष्टका बारेमा अहिले राजेश हमालको लोकप्रियतालाई लिएर तरल राजनीतिक अवस्थामा प्रचण्ड समर्थकले गरेको फेक प्रोपोगाण्डाका रूपमा टिप्पणी भएको छ ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया