रुपा रिसाल
नि:शब्द बनेको शोकाकुल गाउँमा
मूर्छित आमाको धड्कन कस्ले सुनिदिन्छ ?
सन्तानको हसिलो अनुहार हेर्न लालायीत
बुवाको आँखाको ज्वालामुखी विष्फोट ।
निसन्देह कुनै विषयमा सहमति जनाउँदै
चक्रव्यूहमा फस्दै जान सक्छ कुरुक्षेत्रमा
चितामा जलेर खरानी बन्दैछन् रणभूमिमा
कतै शहरमा फसेका मुटुको टुक्रा
अंगार बनेर नफर्कने गरी विलाउनुको
पीडा कतिन्जेलसम्म सहन सक्छ हृदयमा ?
मानवता विहीन युद्धको अभियानमा
होनहार सन्तान गुमाउनुपरेको पीडा
कहिलेसम्म भोग्नु पर्नेछ हामीले
दर्दनाक अवस्था श्रृजना गर्ने सँग
विनाशकारी तिनै पनि मान्छे नै हुन् त
संसार तहशनहश गर्न खोज्ने क्रममा
ती मानव नकावधारी नै हुन् कि राक्षस ?
कतिसम्म गिर्न सक्छ झिनो स्वार्थका लागि
के बालक बृद्ध के नर के नारीको सम्मान
न धर्म न संकृति, छैन अवरोध खुलेअाम
तान्डव नाङ्गो बमबारी र आणविकको भरमा
युद्धका पछाडि विजय प्राप्त गर्न खोज्छ
मानव सम्हारमा अगाडि बढाउने योजना बुन्दै
कालो मृत्युको मुखमा पुर्याउने तत्वहरु ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया