|
|
२०८२ आश्विन २३
2.4k views
ललितपुर गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्थाका विषयमा आज चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्नुभएको छ । आजको छलफलमा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की तथा सैनिक उच्च अधिकारीको सहभागिता थियो । समग्र देशको शान्ति सुरक्षाका विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ । सो क्रममा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिले आफ्नो क्षेत्रबाट भइरहेका कामका गतिविधिका साथै सुरक्षा अवस्था र पछिल्लो चुनौतीका बारेमा जानकारी गराउनु भएको थियो । बैठकमा सहभागी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समग्र शान्ति सुरक्षालाइ कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया