ऋतु आसीक
तत्कालीन प्रधानन्यायाधीश
सुशीला कार्की !
यसबेला मेरो विश्वासको धरोहर ढलेको छ ।
भारतीय दूतावासको दैलो भित्र छिरेर
देशप्रति घात गर्दै,
चुच्चे नक्साप्रति आघात गर्दै
जाबो एक थान
प्रधानमन्त्री पदको रटानमा
तिमी यसरी लहसिन्छौ कल्पनै गरिनँ ।
तिम्रो सादगी जीवन
देशप्रतिको तिम्रो अगाधता
म गर्व गर्थेँ,
भन्ने गर्थेँ,
तिम्रो महिमा गाउँथेँ ।
नेपालको इतिहासमा
महिला न्यायाधीशको संरचना हुँदै
जब–जब प्रधानमन्त्रीमा चयनता
तिम्रो नियुक्ति नेपालस्थित भारतीय दूतावास हुँदै थियो ।
म छाङ्गाबाट खसेँ
हर्क साङपाङ जिद्दी गर्दै थिए
म भारतीय राजदूतावास जादै जान्न
उनी गएनन् ।
उनी आफ्नै गुँडमा फर्किए ।
हर्क साङपाङ देशप्रति जिम्मेवार थिए ।
जिम्मेवार थियो र आफ्नो गुँड फर्किए ।
उनी भन्दै थिए –
म मेरो देशप्रति जिम्मेवार छु ।
एउटा असल नागरिक
देशघातको माला लगाउनु भन्दा
देशप्रति घमण्ड गर्दै धरान फर्किए ।
प्रधानमन्त्री सुशीला कार्की !
ओलीको रजगज गर्ने कोठामा
तिमी भित्रिएपछि
तिम्रो ऐतिहासिक धरोहर कोठामा
चुच्चे नक्सा छँदै छैन ।
भित्ताहरू सेतो रङ्गले पोतिएको छ ।
तिमी बस्ने कुर्सी पछाडि
चुच्चे नक्सा विहीन भएकी छौ ।
जिम्मेवारीको तिलाञ्जली गरिछौ ।
देश जावस् भाँडमा
तिम्रो सोचाइको परिणति
ती सोचाइहरूको तानाबुनामा
देश तिम्रै कारण भाँसिएको पाएँ ।
राष्ट्रियता विभिन्न प्रारूपमा
न्यायको जाल बुनिदैन ।
देशले न्याय पाउनुपर्छ ।
गुलामीको चाकरीमा शिर उठ्दैन ।
नव नियुक्त प्रधानमन्त्री !
राष्ट्रियताका प्रारूपका विखण्डनहरू
तिमीलाई देशवासीले सराप्ने छन् ।
तिम्री बुढी आमाले भन्ने छिन्
बेलेमै मेरो कोख तुहिएको भए
आज देशप्रति गद्दारी हुदैनथ्यो ।
खबरहरू सुन्नुपर्ने थिएन ।
तिम्रा ती घृणित करतुतहरू
देशले आत्थु–आत्थुका प्रलापहरू
झन्–झन् अलाप गरिरहेका छन् ।
प्रधानमन्त्री सुशीला कार्की !
मैले सुनेको छु –
मोदीका घमण्डहरू
यी सबै मेरो देशको धरोहर
मोदीका खेतलाहरूद्वारा गरिएका आगजनीहरू
मेरो देश जलिरहँदा
मेरा आफन्तहरूको छटपटीमा
म कसरी निदाउन सक्छु ?
मेरो महान् देशका
ऐतिहासिक धरोहर नष्ट भएका छन् ।
म यसबेला कसरी निदाउन सक्छु ?
तत्कालीन प्रधानन्यायाधीश
सुशीला कार्की !
तिम्रो शालिनतामा म गर्व गर्थे ।
तिम्रो सादा जीवनको बखान गर्थे ।
जाबो एउटा प्रधानमन्त्री
देशलाई घात माथि घात गरेर
हाम्रो मुलुकको विरासत
देशप्रतिको अगाध स्नेहताको विरासत
हाम्रा ती अतितहरू
हाम्रा पुर्खाका समर्पणहरू
ती समर्पणको समुद्रबाट
हामी आज आफूलाई नेपाली भन्न गर्व गर्छौ ?
प्रधानमन्त्री !
तिम्रो मनमा तीता डकार आएन ?
चुच्चे नक्सा बिनाको देश
हामी कल्पना गर्न सक्छौ ?
ती हाम्रा पुर्खाहरूप्रति घात गर्न सक्छौ ?
हाम्रो छिमेकी चीनको दूतावास हटाउने
घम्सा घम्सी सुनिरहेका छौ ।
हामी ती सबै सहेर
भारतीय सरकारको ज्यादती सहेर
भारतीय राजदूतावासले पहि¥याएको पगरी खाएर
आफूलाई गर्व गर्न सक्नु हुन्छ ?
देशप्रति घात प्रतिघात गरिरहदा
हामी आफूलाई देशभक्त भनाउन सकिरहन्छौँ ?
हाम्रो देशप्रतिको जिम्मेवारी
हामी आफैँले उठाउने हो ।
देशघातका विरुद्ध –
हामी आफैँ जुझ्ने हो ।
आऊ देशभक्तहरू हो ।
अब ढिलाई नगरौँ
आऊ हामी आफ्नो राष्ट्र फर्काउने
पुर्खाको नासो फकाउने युद्धमा सामेल हौँ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया