ललितपुर। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठकको आह्वान गरेका छन् ।
निर्वाचनको कार्यतालिका आइसक्दा पनि राजनीतिक दलहरूसँग सरकारको संवाद हुन नसक्दा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई आह्वान गर्दै शुक्रबार दिउँसो ४ बजे बस्ने गरी सार्वदलीय बैठक डाकेका हुन् ।
विहीबार राष्ट्रपति रामचन्द्र पौडैल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको थियो ।
हिजोको भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले चुनावका लाग राजनीतिक वातावरण तय गर्न सरकारलाई प्रधानमन्त्रीलाई सुझाव दिएका थिए भने प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले चुनावको तयारी गरिरहेको र त्यसअनुसार सरकारले चुनावका लागि आवश्यक तयारी गरिरहेकोबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेकी थिइन् ।
अन्तरिम सरकार गठन भएको एक महिना पुगिसक्दा पनि प्रधानमन्त्री कार्कीले दलहरूसँग छलफल गरेकी छैनन् ।
















फेसबुकबाट तपाईको प्रतिक्रिया