२०८२ फाल्गुन ६ | Feb 18, 2026

राष्ट्र बैंकले सुन आयातको सीमा बढायो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २४
|
2.2k views

ललितपुर । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक सीमा बढाएको छ। आज राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै सुन आयातको दैनिक सीमा बढाएर २० किलोबाट बढेर अब दैनिक २५ किलो पुर्याएको छ । अब व्यवसायीले दैनिक २५ किलो सुन आयात गर्न पाउने भएका छन् ।

केन्द्रीय बैंकले विदेशी विनियम कारोबार गर्ने निकायका लागि जारी एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै सुन आयातको सीमा बढाएको हो।

मूल्य बढेसँगै बजारमा सुनको अभाव देखिन थालेको भन्दै राष्ट्र बैंकले दैनिक २० किलोबाट बढाएर २५ किलो पु¥याएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया