जीवित बन्धकहरूको सूचीमा देखिए विपीन जोशी

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २६
|
2k views

ललितपुर - ललितपुर । इजरायली टाइम्सले प्रकाशन गरेको समाचार अनुसार विपीन जोशी जिवितै रहेको खुलेको छ । हमासको कब्जामा रहेका नेपाली युवाक विपीन जोशी जीवित बन्धकहरुको सूचीमा देखिएका छन् । हमास लडाकु समूहको गाजामा बन्धक बनाएकामध्ये नेपालका विपीन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ । यसअघि सीएनएनले प्रकाशित गरेको २० जनाको सूचीमा विपिन जोशीको नाम थिएन । तर अहिले वासिङ्टन पोस्टले प्रकाशन गरेको समाचारमा जीवित २२ जनाको सूचीमा नेपालका विपीन जोशी पनि समेटिएका छन् ।

हाल हमासको कब्जामा दुई सय ५१ जनामध्ये गाजामा अहिले ४८ जना बन्धक छन् । तीमध्ये केहीको ज्यान गएको अनुमान छ । हालै भएको हमास–इजरायल युद्धविरामसँगै बन्धकहरु रिहा हुँदैछन् । त्यसैक्रममा नेपालको कञ्चनपुरका जोशी पनि स्वदेश फर्कने आशा बढेको छ ।

      जोशी दुई वर्षअघि सन् २०२३ अक्टोबार ७ तारिखमा आक्रमण शुरु हुनु एक महिना अघि नेपालबाट इजरायल पुगेका थिए । वासिङ्टन पोस्टको खबर अनुसार हाल उनी गाजामा अहिले जीवित एक मात्र गैर–इजरायली बन्धक रहेको उल्लेख छ ।

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० बुँदे युद्धविराम योजना प्रस्तावलाई इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासले स्वीकार गरेपछि गाजापट्टीमा बन्धक बनाइएका जोशी रिहा हुने सम्भावना बढेको हो । विपीनको रिहाइका लागि निरन्तर पहल हुँदै आएको छ । हाल उनकी आमा र बहिनी अमेरिका पुगेर अन्तर्राष्ट्रिय समुदायसँग विपिनको रिहाइका लागि अपिल गरिरहेका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube