पूर्वसभामुख महरा भेपमार्फत सुन तस्करी प्रकरणमा पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २६
|
3.1k views

ललितपुर - ललितपुर । माओवादी केन्द्रका उपाध्यक्षसमेत पूर्वसभामुख कृष्णबहादुर महरालाई भेपमार्फत सुन तस्करी अनुसन्धानका लागि आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको छ ।

सीआईबीले महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरण अनुसन्धान गर्दै आएको थियो । महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

      पक्राउ गर्नु केही दिनअघि उनी संग प्रहरीले बयान लिएको थियो । महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube