२०८२ फाल्गुन ६ | Feb 18, 2026

राष्ट्र बैंकद्वारा चाँदीको सिक्काको मूल्य निर्धारण, किन्न परिचयपत्र चाहिने

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २८
|
6.4k views

ललितपुर । नेपाल राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का)को संख्या र मूल्यमा विक्री वितरण दर निर्धारण गरेको छ । हाल बैंकले चार प्रकारका सिक्का बिक्री गरिरहेको छ ।

बैंकले १० ग्रामका सिक्काको मूल्य ३ हजार रुपैयाँ तोकेको छ । एक जना व्यक्तिले एउटामात्र सिक्का किन्न पाइने भएको छछ । जसमा लक्ष्मी मेडालियन, गणेश मेडालियन, गजलक्ष्मी र गाई मेडालियन रहेका छन् ।

राष्ट्र बैंकका अनुसार चाँदीको सिक्का किन्न नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै पनि अन्य परिचयपत्र आवश्यक पर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया