२०८२ फाल्गुन ६ | Feb 18, 2026

सभामुखले बोलाएको सर्वदलीय बैठकमा रास्वपासहित चार दलको अनुपस्थिति

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २९
|
8.5k views

ललितपुर । प्रतिनिधिसभा विघटनबारे दलहरुको राय लिन सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा रास्वपासहित चार दलले उपस्थिति जनाएनन् ।

बुधबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बसेको बैठकमा सभामुखले १० राजनीतिक दललाई बोलाएकोमा चार दल अनुपस्थित भएका हुन् । तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी भएनन् भने अन्य ६ राजनीतिक पार्टीले भने बैठकमा सहभागिता जनाए ।

बैठकमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका तर्फबाट महेश बर्तौला, नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रमुख सचेतक ज्ञानबहादुर शाही, नेकपा (एकीकृत समाजवादी)का तर्फबाट राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टी नेपालका तर्फबाट रेखा यादवको भने सहभागिता रह्यो ।

प्रतिनिधिसभा पुरस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट परेपछि त्यसबारे कसरी अगाडि बढ्न सकिन्छ भन्ने धारणा बनाउन सभामुख घिमिरेले भोली (विहीबार) कानुन व्यवसायीहरूलाई छलफलमा बोलाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया