२०८२ फाल्गुन ६ | Feb 18, 2026

अध्यक्षबाट हट्ने या रहने केन्द्रीय कमिटीले भन्नु पर्छ, फेसबुकले भनेर म हट्दिन : अध्यक्ष ओली

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २९
|
2k views

ललितपुर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेसबुक मार्फत आफूलाई अध्यक्ष पदबाट हट्न भनिएको भन्दै त्यसलाई ठाडो अस्वीकार गरेका छन् । पार्टीभित्रैका कतिपय नेताहरुले आफूलाई फेसबुकमार्फत अध्यक्षबाट हट्नुपर्छ भन्दैमा खुरुक्क नहट्ने दाबी गरेका छन् ।

आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही सुरवीरहरूले आफूलाई नेतृत्व छाड्न फेसबुकमार्फत भनिरहे पनि आफू त्यस्ता वकवास सुन्ने पक्षमा नरहेका बताएका हुन् ।

उनले भने, “केही पार्टीभित्र पनि सुरवीरहरुलाई लहड चलेको देख्छु । कसैले मेरो राम्रो बौद्धिक विश्लेषण गर्नेहरूले छोड्दिन्छ । देश अलपत्र पार्छ भन्ने पनि सुनेको छु ।’

उनले म बिग्रिएको भए पने सप्रिनु भन्दै यो भन्दा बढी सप्रिन देशभक्तिपूर्ण विचार छाड्नुपर्ने भन्दै प्रतिप्रश्न समेत गरे । उनले भने, “हामी छाड्दैनौ । मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन, कमिटीले भन्नुपर्छ ।” यसले भनेका बेला अँध्यारो मुख लाउने वाला छैन । यस कमिटीको आदेशमा जुनसुकै मान्न तयार छु ।’ तर बाहिर गएर, अखबारबाजी गरेर, लोकप्रियतावादका पछि कुदेर नेतृत्व छाड्न गरिएको आग्रह आफूलाई स्वीकार्य नहुने ओलीको भनाइ छ ।

ओलीले पार्टीकै कतिपय नेताहरूले तपाईंलाई त बोकेर जानै सकिँदैन भन्ने गरेको सुनेको भन्दै आफू आफैँ हिँडन् सक्ने बताए । ओलीले आफू कुनै पनि परिस्थितिमा विचलित नहुने स्वाभावको भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया