२०८२ फाल्गुन ६ | Feb 18, 2026

ख्यातिप्राप्त लोक गायक कमल बिके निर्मोहीको दुवै मिर्गौला फेल(भिडियो)

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ३०
|
3.6k views

ललितपुर  । ख्यातिप्राप्त लोक गायक तथा सञ्चारकर्मी  कमल बिके निर्मोही गम्भीर बिरामी परेका छन् ।  उनका दुवै मिर्गौलाले काम गर्न छोडेको छ । दाङमा जन्मिएका गायक निर्मोही रेडियो नेपालका पूर्व जागिरे पनि हुन् । 

उनले थुप्रै लोक तथा दोहोरी गीत गाएका छन् । हाल बाँकेको नेपालगञ्जका स्थायी बासिन्दा निर्मोहीका  बबैमा उर्लँदै  आयो मिल्न खोली गुहार , मनको माझ तिमि छौ, लाग्यो माया मोहनी नजरमा लगायतका गीत लोकप्रिय छन् । 

अहिले डायलायसिस गराई रहेका निर्मोहीका बारे बाँकेका वरिष्ठ पत्रकार सिराज खानले  बिरामी परेको भिडियो पोष्ट गर्दै मिर्गौला प्रत्यारोपणका लागि सबै मिलेर सहयोग गर्न अपिल गरेका छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया