नेपालले सामाओसँग खेल्दै, आजको खेल जिते पाउनेछन् १९ लाख ५० हजार नगद

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ३१
|
2.8k views

ललितपुर - ललितपुर । आइसीसी टी २० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत नेपालले आज सामाओसँग सुपर सिक्सको अन्तिम खेल खेल्दैछ।

नेपाल समयमा शुक्रबार दिउँसो ४ः१५ बजे ओमानको अल अमेरत क्रिकेट स्टेडियममा नेपाल र सामाओ बीच प्रतिस्पर्धा हुनेछ । दुई खेल अगावै विश्वकपमा छनोट भएको नेपालले आज सामाओलाई पराजित गरेमा पहिलो पटक आइसिसीको प्रतियोगिताको उपाधि हात पार्नेछ ।

हुन त नेपालले आजको खेल हाले पनि उपाधि हासिल गर्ने नै छ । तर आज हुने खेलमा जित हात पारेको खण्डमा नेपालले सरकारी पुरस्कार ऐनको विधान अनुसार हरेक खेलाडीले १९ लाख ५० हजार हात पार्नेछन् ।

सामाओले भने सुपरसिक्स अन्तर्गतको ३ खेल सकाउँदा तिनै खेलमा हार बेहोरेको छ।

 पात्रो/राशिफल  रेडियो YouTube