|
|
२०८२ आश्विन ३१
1.1k views
ललितपुर - ललितपुर। जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने भएका छन् । उनले कात्तिक १ गते पत्रकार सम्मेलन गरी आफ्नो दल घोषणा गर्ने भएका छन् ।
ढुंगानाले कात्तिक १ गते दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी गराएका छन् ।
उनले वैदेशिक रोजगारीमा विदेशमा भएका नेपालीले समेत मतदान गर्न पाउनुपर्ने लगायतका एजेन्डामा रहेर दल दर्ता गर्ने जनाएका हुन् । यस विषयमा ढुंगानाले शुक्रबार सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै आफूले पार्टी गठन गर्न लागेको जानकारी गराएका हुन् ।
उनले भने, “देश गम्भीर अवस्थामा छ । देशले निकास खोजिसकेको छ । यस्तो अवस्थामा हामी दल खोल्नुपर्ने निष्कर्षमा पुगेका छौं ।’
मिरज ढुंगाना जेनजी आन्दोलनपछि एकाएक चर्चामा आएका युवा हुन् ।

बिजनेस पाटी