|
|
२०८२ कार्तिक २
28.9k views
ललितपुर । धनतेरसको भोलिपल्टै सुन र चाँदी दुवैको मूल्य घटेको छ । आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ७५ रुपैयाँले घटेको हो । जसअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ । आज आईतबारको बजारमा चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला तीन हजार ३५० रुपैयाँमा खरिदबिक्री भएको थियो । ।








फेसबुकबाट तपाईको प्रतिक्रिया