यसवर्ष तिहारमा लोडसेडिङ नहुने : प्राधिकरण

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २
|
1.3k views

ललितपुर - ललितपुर । नेपाल विद्युत प्राधिकरणले यस वर्षको तिहारमा लोडसेडिङ नहुने जनाएको छ । बत्ति र उज्यालोको विशेष महत्व रहेको यस पर्वमा विगतमा जस्तो झ्याप झ्याप बत्ति जाँदैन भन्दै प्रािधरणले उपभोक्तालाई ढुक्क रहन आग्रह गरेको हो।

बिदाको बेला ठूला उद्योगहरु बन्द हुने भएकाले घरायसी प्रयोजनका लागि बिजुली सहजै उपलब्ध हुने र दैनिक २०० देखि ३०० मेगावाट बिजुली बचत हुने र प्रविधिक समस्याबाहेक अन्य कारणले बत्ती नजानेमा प्राधिकरणले जनाएको छ ।

प्रािधिकरणका अनुसार यसवर्ष विभिन्न खालका प्राविधिक गडबडी हुन नदिन कर्मचारीलाई सतर्क रहन निर्देशन दिइएको छ, विशेष टोली तयारी अवस्थामा राखिएको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार यस पटकको तिहारमा विद्युत् आपूर्तिमा समस्या नहुने भएको छ । “पहिले तिहारको लक्ष्मी पूजामा सबैभन्दा बढी लोड हुन्छ भन्ने बुझाइ थियो, तर उद्योगहरू बन्द हुँदा समग्र प्रणालीमा लोड घट्छ । अहिले विद्युत् खेर जाने अवस्था छ, त्यसैले जति पनि प्रयोग गर्न सक्नुहुन्छ’, ढकालले भने ।

 पात्रो/राशिफल  रेडियो YouTube