|
|
२०८२ कार्तिक ३
4.4k views
ललितपुर । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा रु ३०० बढेको छ । आज सुन प्रतितोला रु दुई लाख ५३ हजार ५०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो आइतबार प्रतितोला रु दुई लाख ५३ हजार २०० मा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला रु पाँचले बढेर तीन हजार २८० मा खरिदबिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार २५५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।











फेसबुकबाट तपाईको प्रतिक्रिया