ललितपुर। निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा आवास निर्माण थालिने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा ओलीको बालकोट स्थित निसावस आगो लगाइएको थियो ।
नेकपा एमाले पोलिटव्युरो सदस्य महेश बस्नेतका अनुसार अब अध्यक्ष ओली बालकोट नफर्कने भएका हुन् । बस्नेतले भने, “गुण्डुबासीको भावनात्मक पहलमा ओलीको लागि आवास बन्न लागेको र ‘ओलीकुटी’ निर्माणको लागि गुण्डुबासी जुटेका छन् ।”
आन्दोलन पछि भक्तपुरको गुण्डुमा अस्थायी बसोबास गर्दै आएका अध्यक्ष ओलीका लागि ओलीकुटी’ निर्मार्णार्थ लागि आफूले संयोजकको भूमिका निर्वाह गर्ने बस्नेतले जानकारी दिए । बस्नेतले भने, ‘अध्यक्ष केपी शर्मा ओलीका लागि ‘ओलीकुटी’ निर्माणको सङ्कल्प, स्थानीयले आफ्नै पहलबाट घर बनाउन पहल लिएका छन् म आफू संयोजकको भूमिकामा रहनेछु । ’
बस्नेतका अनुसार भवन कस्तो बनाउने भन्ने विषयमा सुझाव सङ्कलन थालिएको छ र देशभरबाट सुझाव र समर्थन समेत आइरहेको सामाजिक सञ्जालमार्फत बस्नेतले निर्माण हुने घरका केही नमुनाहरू समेतसार्वजनिक गरेका छन् ।
अध्यक्ष ओलीले हाल पूर्णरुपमा क्षति भएको बालकोट स्थित निवास भने यसअघि नै मरणोपरान्त राज्यलाई दिइसकेका थिए ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया