२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक सामान्य अंकले घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक ९
|
816 views

ललितपुर । तिहारपछि लगत्तै खुलेको शेयर बजार आइतबारको प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

बिदापछिको पहिलो कारोबारमा आइतबार नेप्से ०.४० अंकले घटेको हो । यसअघिको अन्तिम कारोबारको दिन १६.६७ अंक बढेर २५०३.८५ विन्दुमा बन्द भएको नेप्से, आज सोही सेसनमा ०.४० अंक घटेर २५०३.४४ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०३२ अंक घटेको छ।

आज प्रि ओपन सेसनमा २८ स्टकको ५३ पटकको कारोबारमा १ करोड ३५ लाख ६१ हजार ९९५ रुपैयाँ ८० पैसाबराबरको २५ हजार ८१२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया