२०८२ फाल्गुन ६ | Feb 18, 2026

वित्तीय प्रणालीको तरलता व्यवथापनका लागि ९० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक ९
|
918 views

ललितपुर । वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि उक्त तरलता व्यवस्थापनका लाग आज नेपाल राष्ट्र बैंकले बजाबाट ९० अर्ब निक्षेप तान्दैछ ।

राष्ट्र बैंकले आइतबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । बजारमा निक्षेप चुलिँदै अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगिसकेको छ । पछिल्लो समय राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ मंसिर २१ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया